फाइल।

कञ्चनपुरमा नेकपा (क्रान्तिकारी माओवादी)को जिल्ला कमिटीको बैठक सम्पन्न भएको छ। आइतबार महेन्द्रनगरमा सम्पन्न बैठकका प्रमुख अतिथि नेकपा (क्रान्तिकारी माओवादी) का पोलिटव्युरो सदस्य अनुकूलले वर्तमान सरकारको प्रतिगमनकारी कदमको विरोध गरिने जनाए। अबको विकल्प (क्रान्तिकारी माओवादी) नै भएको उनले बताए।

जसका लागी गोलबद्ध हुन उनले अबैमा आग्रह समेत गरे। जिल्ला सेक्रेटरी कैलाशको अध्यक्षतामा बसेको बैठकमा नेकपा (क्रान्तिकारी माओवादी) का सुदूरपश्चिम प्रदेश सेक्रेटरी चिन्तक, देशभक्त जनगणतान्त्रीक मोर्चा नेपालका केन्द्रीय सदस्य तथा सुदूरपश्चिम प्रदेश संयोजक शीतल अतिथीरहेका थिए। बैठकबाट जिल्ला पार्टीले सङ्घर्षका कार्यक्रम सञ्चालन गर्ने, नगर कमिटी, गाउकमीटी विस्तार विस्तार गर्ने, जन वर्गीय सङ्घठन निर्माण गर्ने र संघर्षका कार्यक्रम गर्ने निर्णय भएको सेक्रेटरी कैलासले जानकारी दिए।

प्रतिक्रिया दिनुस