नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका तिन जना नेता कार्यकर्ता विरुद्ध प्रहरीले सार्वजनिक हित विरुद्ध कसुर सम्बन्धी मुद्दा चलाएको छ। सो समूहले गत माघ १० गते आफ्नो नेताहरुको रिहाइको माग गर्दै नेपाल बन्दको आह्वान गरेको थियो। सोही क्रममा उनिहरु टीकापुरबाट पक्राउ परेका थिए।
पक्राउ पर्नेमा टीकापुर नगरपालिका एरिया इन्चार्ज पूर्ण खड्का, एरिया सेक्रेटरी जगत विश्वकर्मा र डम्मर बिष्ट रहेका छन्। उनीहरु विरुद्ध ईलाका प्रहरी कार्यालय टीकापुरले सार्वजनिक हित समेत विरुद्धको कसुरमा मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालय कैलाली प्रवक्ता एंव प्रहरी नायव उपरीक्षक प्रतीक बिष्टले जानकारी दिए।
प्रतिक्रिया दिनुस