जाडो याममा विश्वको दोस्रो अग्लो हिमाल माउन्ट केटु आरोहण गरेर विश्व कीर्तिमान बनाएको नेपाली टोली स्वदेश फर्किएको छ ।यही माघ ३ गते केटु हिमाल चढेर विश्वकीर्तिमान बनाएको टोली मंगलबार बिहान भित्रुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको हो । उनीहरूलाई पर्यटन विभाग, नेपाल पर्यटन बोर्ड, नेपाल पर्वतारोहण संघ लगायत पर्यटन क्षेत्रका संस्थाका प्रतिनिधिहरुले विमानस्थलमा भव्य स्वागत तथा सम्मान गरेका हुन्।

चिनियाँ सीमा नजिकै पाकिस्तानमा रहेको ८ हजार ६११ मिटर अग्लो हिमालको शिखरमा नेपाली टोली माघ ३ गते साँझ ५ः४५ पुगेको थियो ।केटुको कीर्तिमानी आरोहणमा निर्मल पुर्जा, मिङ्मा जी शेर्पा, मिङ्मा डेभिड शेर्पा, मिङ्मा तेन्जी शेर्पा, गेल्जे शेर्पा, दावा तेम्बा शेर्पा, पेमछिरी शेर्पा, किलुपेम्बा शेर्पा, दावा तेन्जिङ शेर्पा र सोना शेर्पा सहभागी थिए।

प्रतिक्रिया दिनुस