कञ्चनपुरमा प्रहरीले झण्डै एक लाख बराबरको बेवारिशे सामान बरामद गरेको छ। जिल्लाको शुक्लाफाँटा नगरपालिकाको कलुवापुरमा चिनी लगायत झण्डै ८४ हजार मूल्य बराबरको अवैध समान बरामद गरीएको कञ्चनपुर प्रहरीले जनाएको हो।

जिल्ला प्रहरी कार्यालयको प्रहरी टोलीले वेवारिशे समान वेवारिेशे समान बरामद गरी भन्सार कार्यालयलाई बुझाएको छ । प्रहरीका अनुसार ती समानमा १३ कट्टा चिनी, ५ कार्टुन सलाइ, सोना सिक्का सलाई, पार्लेजि बिस्कुट, त्रिसुल तम्बाकु सुर्ती, तोता बिडी लगायतका छन् ।

प्रतिक्रिया दिनुस