काठमाडौं। सर्वोच्च अदालतमा हेर्दाहेर्दै मा रहेको प्रतिनिधिसभा विघटनविरूद्धको मुद्दामा कानुन व्यवसायीले आज पनि बहस सुरू गरेका छन्। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासमा सुनुवाई सुरू भएको हो ।

आज वरिष्ठ अधिवक्ता शम्भु थापाले बहस थालेका छन्। हिजो बहस थालेका थापाले प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गर्नै नसक्ने जिकिर गरेका छन्। प्रधानमन्त्रीले राजीनामा दिएमा अर्को प्रधानमन्त्री आउन नसकेमा ७६ ९२०, ९३०, ९४० लागू होला कि अर्को प्रधानमन्त्री आउन नसकेमा उहीँ प्रधानमन्त्रीले चुनाव गराउलान् उनले प्रश्न गरे।

यो संविधानमा जसरी लेखिएको छ त्यसरी नै हुने उनले बताए। अहिले विघटनको अधिकार संविधानभन्दा बाहिरको अधिकार प्रयोग गरेको थापाले बताए। ुुन्यायाधीश बन्न कति लालायित हुन्छन् भने श्रीमान्, प्रधानमन्त्री खान किन नहुन्, थापाले भने। हिजोसम्मा ४४ जना कानुन व्यवसायीले बहस गरिसकेका छन्। ५ जना रिट निवेदकको तर्फबाट बहस सकिएको छ। नेकपाका प्रमुख सचेतक देव गुरूङको रिट निवेदनमाथि सुनुवाइ सुरू भएको हो।

प्रतिक्रिया दिनुस