नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक मंगलबार दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा बस्दै छ। प्रतिनिधिसभा विघटनपछि सुरु भएको कांग्रेस केन्द्रीय समिति बैठकले प्रधानमन्त्रीको कदमलाई असंवैधानिक भन्दै विरोध प्रदर्शन गरेको थियो। दुई चरणको विरोध कार्यक्रमपछि कांग्रेसले पुनस् बैठक गरेर समिक्षा गर्न लागेको हो। यो बैठकले आगामी दिनका कार्यक्रम पनि निर्धारण गर्ने भएको छ। कांग्रेस भित्र पुन आन्दोलनमा जाने या सर्वोच्चको फैसला कुर्ने कुरामा दुई मत देखिएको छ। महामन्त्री शशांक कोइरालाको निवासमा हिजो सभापति इतर पक्षका नेताहरुले बैठक गरेर आन्दोलन चर्काउने निष्कर्ष निकालेका थिए ।

यसको साथै कांग्रेसले महाधिवेशनबारे पनि जारी केन्द्रीय समिति बैठकमा निर्णय गर्नुपर्ने छ। फागुनमा गर्ने भनिएको महाधिवेशन हुन नसकेपछि अब कसरी र कहिले महाधिवेशन गर्नेबारे कांग्रेसका शीर्ष नेताहरूबीच पछिल्लो समय गृहकार्यमा छन्।

प्रतिक्रिया दिनुस