कञ्चनपुरमा बसलाई विङ्गरले ठक्कर दिँदा ८ जना घाइते भएका छन्। पूर्व–पश्चिम राजमार्ग अन्तर्गत जिल्लाको सुक्लाफाँटा नगरपालिका कलुवापुरमा बिहिबार बिहान ना ७ ख ५९४८ नम्बरको बसलाई सुप्रप ३८६ नम्बरको विङ्गरले पछाडिबाट ठक्कर दिँदा विङ्गरमा सवार ८ जना घाइते भएका हुन्।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमर बहादुर थापा क्षेत्रीका अनुसार दुर्घटनामा परी घाइते हुनेहरूमा गोदावरी नगरपालिका–२ बस्ने ३० वर्षीय चिरिन्जीवी तिवारी, कृष्णपुर नगरपालिका –५ गुलरियाका २५ वर्षीय ललित खड्का, २२ वर्षीय जनकराज भट्ट ,१६ वर्षीय मोहन पन्त, पुष्पराज भट्ट, पुतली बजार नगरपालिका १० स्याङ्जाका ३४ वर्षीय गिर बहादुर गुरुङ,सहिद लखन गाउँपालिका २ का झमन बहादुर थापा र हरिपुर नगरपालिका २ सर्लाहीका राजेश कुमार सिंह रहेका छन्।
घाइतेहरूको झलारी स्थित न्यू झलारी क्लिनिकमा उपचार भइरहेको छ। उङ्गर चालक चिरिन्जीवी तिवारी बस चालकलाई नियन्त्रणमा लिई सोधपुछको कार्य भइरहेको प्रहरी नायव उपरीक्षक थापा क्षेत्रीले जानकारी दिए। घाइते मध्ये २ जनाको अवस्था गम्भीर रहेको छ।
भिमदत्तनगरपालिका ६ का जनक राज भट्ट र भिनपा ४ का मोहन पन्तको अवस्था गम्भीर रहेकाले उनीहरूलाई धनगढी रेफर गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ। अन्य घाइते ६ जनाको अवस्थामा सामान्य नै रहेको प्रहरीले जनाएको हो।
प्रतिक्रिया दिनुस