नेकपा क्रान्तिकारी (माओवादी)ले  काठमाडौँकोरत्न पार्कमा काटुन्  प्रदर्शन गरेको छ।  ओली सरकारले गरेका कामको तिखो व्यङ्ग्य प्रहार गर्दै नेकपा (क्रान्तिकारी माओवादी) पार्टी र निकटका मोर्चा हरूले बिहीबार रत्न पार्कमा काटुन् प्रदर्शन गरेका हुन्।
पार्टी र जनवर्गिय मार्चा आयोजित काटुन् प्रदर्शन कार्यक्रममा बोल्दै नेकपा (क्रान्तिकारी माओवादी) का स्थायी कमिटी सदस्य सिपी गजुरेलले प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको अहित हुने गरी संसद् विगठनको विरोध स्वरूप पनि काटुन् प्रदर्शन गरिएको बताए। उनले संसदीय व्यवस्थाको अभ्यास समाप्त भएको र यसले जनताका समस्या समाधान गर्न नसकेकाले अबको विकल्प भनेको नै जनगणतन्त्र भएको बताए।
उनले उक्त प्रतिगमनकारी कदमको भर्त्सना गर्दे अहिलेका नामधारी कम्युनिस्टले मुलुकलाई अराजकता तर्फ धकेलेकाले अबको विकल्प भनेको नै नेकपा (क्रान्तिकारी माओवादी) भएको उनले बताए। अव जनताले वास्तविक कम्युनिस्टलाई चिन्नुपर्ने अवस्था आएको बताउँदै उनले सबैलाई गोलबद्ध हुन आग्रह समेत गरे।
प्रतिक्रिया दिनुस