कञ्चनपुर, १९ साउन
प्रदेश सरकार मातहत रहेको कञ्चनपुरको एक सरकारी अस्पतालले बिरामी टिकटमै दोब्बर शुल्क बढाएको छ । सुदूरपश्चिम प्रदेश सरकार मातहत रहेको महाकाली प्रादेशिक अस्पतालले टिकटमै दोब्बर शुल्क बढाएको हो । गत आर्थिक बर्ष ०८२÷०८३को जेठ महिनादेखि आकस्मिक र ओपिडीतर्फ बिरामी टिकेटमै दोब्बर शुल्क लिन थालेपछि बिरामीले गुनासो पोखेका छन ।
गतविगतमा ओपिडीतर्फ २५ र आकस्मिक तर्फ ५०रुपैया टिकट शुल्क भएपनि अहिले बढाएर ओपिडीतर्फ ५० र आकस्मिक तर्फ एकसय रुपैया पु¥याएको हो । सरकारी अस्पतालमा टिकेटमै दोब्बर शुल्क लिन थालेको विषयमा गुनासो पोखिरहेका हुन ।
उनीहरुले पालिका, प्रदेश र संघीय सरकारको सहयोग लगानीमा संचालनमा रहेको अस्पतालमा टिकटमै दोब्बर शुल्क बढाएर गरिब, निमुखामाथि अन्याय गरेको बताईरहेका छन । सेवाग्राही रतनराम लुहारले गत बर्ष ०८२मा ओपिडी र आकस्मिक दुवै तर्फ २५, ५०रुपैया टिकट शुल्क भएपनि अहिले ०८३मा आएर दोब्बर बढाएपछि आफुहरु मारमा परेको बताए ।
‘हुन त यो रकम न्यून नै हो, तर टिकेटमै दोब्बरले बृद्धि गरेपनि अन्य भित्रका प्राविधिक सहितका सेवा औषधीमा पनि कतै बृद्धि गरेको त छैन भनेर हामीलाई आशंका उब्जाएको छ ।’ उनले टिकट दोब्बरले बृद्धि गर्न नहुने बताए ।
अर्की सेवाग्राही गितादेवी जोशीले गत बर्षसम्म बृद्धि नभएको टिकट शुल्क नयाँ समिति आएपछि बृद्धि गरेर आफुहरु जस्ता गरिबमाथि अन्याय गरेको दुखेसो पोखिन् ।
‘अस्पतालमा थुप्रै समस्या होलान तर हामी जस्ता सरकारी अस्पतालमा उपचार गर्ने बिरामीलाई मारमा पार्नु भएन नि, ‘उनले भने, ‘बृद्धि गरिएको शुल्क अनुरुप हामीलाई सेवा दिनुपर्छ ।’ जनताको हक अधिकारका लागि भन्दै लड्ने नेपाली काँग्रेस, नेकपा एमाले नेतृत्वको प्रदेश सरकारका पालामा चयन भएको महाकाली प्रादेशिक अस्पताल व्यवस्थापन समितिले टिकटमै दोब्बर शुल्क बृद्धि गरेपछि अन्य दलका मात्रै होईन स्वयम काँग्रेस, एमाले निकट नेता कार्यकर्ताहरुले समेत सरकारी अस्पतालको टिकट दोब्बर बृद्धि गर्न नहुने धारणा राखिरहेका छन । बरु भएको शुल्क घटाएरै भएपनि अस्पतालमा प्रभावकारी सेवा दिनुपर्ने, अझै तीनै तह सहितका सरकारी, गैर सरकारी निकायबाट स्रोत जुटाएर गरिबलाई सहुलियत दिनुपर्नेमा जोडदिएका छन । स्थानीय अखबर सिह साउदले चुनावका बेला प्रधानमन्त्री बालेनले आफुहरुले एजेण्डा गरिबलाई निःशुल्क स्वास्थ्य सेवा भनेपनि महाकाली अस्पतालमा रास्वपा नेतृत्वको सरकार आएपछि टिकटमै दोब्बर शुल्क लगाएर गरिब जनताको टाढ सेक्ने काम गरेको बताए । उनले चुनावका बेला बोलेका विषय पुरा गर्न महाकाली अस्पतालबाटै टिकटदेखिका सबै सेवा सुविधा निःशुल्क गरिदिन आग्रह समेत गरेका छन ।
चेकजाँचका लागि प्रथम प्रवेस टिकेटमै दोब्बर बृद्धि गरेपछि बिरामीलाई सुविधादेखि अस्पताल सुधारका लागि अहोरात्र खटिएको वर्तमान समिति, प्रशासनप्रति नागरिकमा नकारात्मक भावनाको उत्पन्न भएको छ ।
महाकाली प्रादेशिक अस्पतालले गत जेठबाटै बृद्धि गरिएको टिकट शुल्क साउनमा आएर गुनासो राख्ने विषयमा असान्र्दभिक भएको जनाएको छ ।
महाकाली प्रादेशिक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष महेश पन्तले भने, टीकापुर, सेती प्रादेशिक अस्पतालको स्तर अनुरुप टिकट शुल्क बृद्धि गरिएको बताए । अध्यक्ष पन्तले मन्त्रालयसंग समन्वय गरेर टीकापुर र सेतीकै शुल्क बराबर पु¥याएको बताए । ‘अस्पताल पुरै घाटामा चलिरहेको छ, अस्पताल प्रशासनबाट समेत सबै सेवातर्फ रकम बृद्धिका प्रस्ताव आएका छन, उता चिकित्सकहरुबाट समेत सेवा सुविधा बृद्धिका लागि प्रंस्ताव आएका छन, ‘उनले भने, ‘हामीले गरिब जनताका लागि निःशुल्क, सहुलियत सुविधामा बृद्धि गर्न नहुने भन्दै रोकेका छौँ, कुनै विपन्न गरिब सेवाग्राहीसंग टिकट काट्न समेत पैशा नभए उनीहरुका लागि हामीहरुले पूर्ण निःशुल्क गरिदिएका छौँ ।’ बार्षिक डेढ करोड घाटामा अस्पताल संचालन भईरहेको बताउँदै उनले अस्पताल सुधारका लागि सबै पक्षबाट सहयोग, सदभाव, समन्वय आवश्यक रहेको उनले बताए ।
महाकाली प्रादेशिक अस्पताल व्यवस्थापन समितिका सदस्य ईन्द्र सिह साउदले टिकट बृद्धिका लागि बैठकमा आएको प्रंस्ताव आफुले स्वीकार नगरेको दावि गर्दै पछि अन्तत बृद्धि गरिएको बताए । ‘टिकट शुल्क बृद्धिको प्रस्ताव बैठकमा आयो मैले र जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहरा ज्यूले अहिलेको परिस्थितिमा प्रदेश सरकारबाट बढी भन्दा बढी जनतालाई सुविधान दिनुपर्छ भन्ने प्रस्ताव राख्यौँ, हाम्रो प्रस्तावमा सुनुवाई नै भएन, टिकट बृद्धिको निर्णय भएपछि त्यसको जस अपजस हामीले पनि लिनुपर्छ ।’

