
नरेन्द्र महरा
कञ्चनपुर । कैलाली गोदाबरीको धौलेपानी राष्ट्रिय वनको बरामद गरिएको अवैध काठ प्रकरणमा डिभिजन वन कार्यालय कञ्चनपुरले गैर कानूनी ढङगबाट ढुवानी, घाटगद्दी कार्य भएको जनाएको छ । कैलाली राष्ट्रिय वनको उक्त ठुलो परिमाणको काठ कञ्चनपुरको दिपेन्द्र सहितका सामुदायिक वनमा घाटगद्दी गरिएको अवस्थामा बरामद गरिएको उक्त काठमा डिभिजन वन कार्यालय कञ्चनपुरले गैर कानूनी ढङष्बाट घाटगद्दी गरिएको ठहर गरेको छ ।
डिभिवन वन कार्यालय कञ्चनपुरका प्रमुख लक्ष्मी नारायण जोशीले बर्षातको महिना कटान, ढुवानी एव घाटगद्दी गर्न मिल्दैन यदी गर्नु नै पर्ने भएका त्यसको बस्तुनिष्ठ प्रमाणित सहित माथिल्लो निकायबाट अनुमती सहित सरोकारवालासंग समन्वय गर्नुपर्ने बताए ।
‘यो कैलाली राष्ट्रिय वनबाट ल्याएको काठ कञ्चनपुरमा बरामद गरिएको घटनामा हाम्रो डिभिजन वन कार्यालयको समेत गम्भिर ध्यानाकर्षण भएको छ, ‘उनले भने, ‘हाम्रो भूगोलमा पर्ने भएकाले हामीले पनि आन्तरिक छानबिन शुरु गरेका छौँ ।’ उनका अनुसार वन अधिकृत विषेश्वर प्रशाद जोशीको संयोजकत्वमा छानबिन टोली गठन गरिएको छ ।
कैलाली डिभिजन वन कार्यालयले आफु र कञ्चनपुर डिभिजन वन कार्यालयसंग कुनैपनि लिखित मौखिक सहमती नै नगरेर गैर कानूनी रुपमा घाटगद्दी गरिएको बताउँदै उनले यस बारेमा थप बस्तुनिष्ट रुपमा छानबिन गरेर अघि बढ्ने बताए । १५ साउन ०८३मा धौलेपानी राष्ट्रिय वनको काठ कृष्णपुर १ दिपेन्द्र स्मृति सामुदायिक वन सहितका क्षेत्रबाट बरामद गरिएको काठ छानबिनका लागि यस अघि दुई छानबिन समिति गठन गरिएका थियो । डिभिजन वन कार्यालय कञ्चनपुरसंगै तीन तीन भएका छन ।
झण्डै डेढ हजार क्युफिट अवैध रुपमा टेक्टरमा ओसारीरहेको उक्त सालको काठ डिभिजन वन कार्यालय कञ्चनपुर सहित प्रहरीको संयुक्त टोलीले बरामद गरेको थियो । क्षेत्रीय वन निर्देशनालयले वन अधिकृत बाल मुकुन्द भट्टको नेतृत्वमा छानबिन समिति गठन गरे लगत्तै डिभिजन वन कार्यालय कैलालीले पनि वरिष्ठ वन अधिकृत जिवछ यादव संयोजकत्वमा वन अधिकृत चन्द्र बहाुदर भण्डारी, प्रशासन अधिकृत यज्ञ नारायण श्रेष्ठ सदस्य रहने गरेर छानबिन समिति गठन गरेको थियो ।
वन निर्देशनालयबाट गठित छानबिन समितिमा संयोजक वन अधिकृत बाल मुकुन्द भट्टले अनाधिकृत रुपमा काठ ओसार्ने काठ तस्कर समुहलाई सघाउ पु¥याउने काम गरेको कैलाली डिभिजन वन कार्यालय दोषि देखिएकाले त्यहाँबाट छानबिनका लागि गठन गरिएको टोलीले प्रमाण नष्टदेखिका अबाञ्चित गतिबिधी गर्न सक्ने भएकाले विघटनको माग सहित निर्देशनालयमा निवेदन दिएका थिए । वन निर्देशनालयबाट अनुसन्धानको जिम्मेबारी पाएका बरिष्ठ वन अधिकृत बाल मुकुन्द भट्टले गत सोमबार निर्देशनालयलाई पत्राचार गर्दै डिभिजन वन कार्यालय कैलालीले क्षेत्राधिकार नाघेर जिल्लामा गैर कानुनी प्रवेस गरेर अनुसन्धान प्रभावित पार्नेदेखि प्रमाण नष्ट गर्ने भएकाले उक्त टोली फिर्ता गर्नुपर्ने माग अघि सारेको छ ।
निर्देशनालय र मन्त्रालयको अनुमति बिना छानबिन टोलि खटाई आफ्नो क्षेत्राधिकार नाधी गैरकानूनी रुपमा सब डिभिजन वन कार्यालय बाणी प्रवेश गरेको र निज आरोपित डिभिजन बाट यसरि अनाधिकृत प्रवेश गर्दा भए गरेका प्रमाण नस्ट गर्ने, मुद्दालाई अल्मलाउने, थप प्रमाण सिर्जना गर्ने, कृतिम प्रमाण तयार गर्न सक्ने भएकाले डिभिजन वन कार्यालय कैलालीले खटिआएको कर्मचारी तत्काल जिम्मेवारी बाट हटाई अनुसन्धान कार्य अगाडी बढाउन सहयोग गरिदिनुहुन अनुरोध गर्दै निजहरुलाई जिम्मेवारी बाट नहटाए अनुसन्धान प्रभावित गर्ने प्रवल सम्भावना रहेको जनाएको छ ।
माथिल्लो निकायबाट गठन भएको छानबिन समिति बिरुद्ध आफ्नै छुट्टै किन गरिएको विषयमा वनकै कर्मचारी मात्रै होईन,सरक्षणकर्मीदेखि सर्वसाधारण समेत अचम्मित भएका छन
कैलाली डिभिजन वन कार्यालयका प्रमुख ठाकुरले काठ व्यवसायी तस्कर समुहसंग मिलोमतो गरेर बहुमुल्य काठ तस्करी गराउन खोजेको स्थानीयको आरोप थियो । जहाँ गयो त्यही पटक पटक वाद विवादमा आउने वन हाकिमका कारण सुप प्रदेशको वन, वन्यजन्तु नासिदै गएको जनताको गुनासो छ । काठ बरामद प्रकरणमा थप बुझ्न खोज्दा कैलाली डिभिजन वन कार्यालयका प्रमुख राम विचारी ठाकुरको ९८४१५५५५६७ नम्बरमा पटक पटक फोन गर्दा समेत उठाएनन् । कैलाली वनका हाकिम रामविचारी ठाकुर समेत मुछिएको ११सामुदायिक वनमा अवैध रुपमा काटिएका हरिया खयरका रुख काटेर काठ लिलामी काण्डमा अबौँ रकमको हिनामिन गर्न खोजिएको प्रकरणमा समेत अख्तियारले छानबिन गरिरहेको छ । सरक्षणकर्मीहरुले वन तस्करले नभई यस्तै भ्रष्ट, विवादित रातारात कमाउधन्दावाला केही वनकै हाकिम कर्मचारीहरु लोभलालसाले सुदूरपश्चिको वन सखाप हुन लागेको चिन्ता व्यक्त गरिरहेका छन ।

