कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका ११नम्बर वडा कार्यालयले सार्वजनिक सडक मर्मत गर्न लागेको छ । शनिबारदेखि वडाध्यक्ष प्रकास थापा आफै खटिएर गाँउघरका सडक मर्मत गर्न लागेका छन । बर्षातका बेला भत्किएका, विवित कारणले टुटफुट भएका सडकहरुमा मर्मत गर्न लागेका हुन । वडाका विभिन्न गाँउबस्तीका सार्वजनिक सडकहरुमा सहज यात्रादेखिका दुर्घटना जोखिम न्यूनिकरणका लागि मर्मत गर्न लागिएको वडाध्यक्ष प्रकास थापाले बताए ।

वडाध्यक्ष प्रकास थापा नेतृत्वमा अन्य सदस्यदेखि स्थानीय सहित सडक मर्मतमा जुटेका छन ।

 

प्रतिक्रिया दिनुस