नेपालकै पुरानो बाजा मद्येको एक पञ्चेबाजाको संरक्षण गर्न पञ्चेबाजा संरक्षण समिति गठन गरिएको छ। कैलालीको धनगढीमा बसेको भेलाले प्रेम बहादुर आउजीको संयोजकत्वमा १५ सदस्यीय पञ्चेबाजा संरक्षण समिति गठन गरिएको हो। त्यस्तै भेलाले ४ सदस्यीय सल्लाकाहार समिति चयन गरेको छ ।

सल्लाहकारमा खड्क सिंह नागरी, सुनिल सिंह सेवा, दिनेस नेपाली र अरुण नागरी रहेका छन । समितिका सल्लाहकार सुनिल सिह सेवाले धनगढी उपमहानगरपालिका – १ मनकामना टोलबासीको रहोबरमा सुदूरपश्चिम पञ्चेबाजा संरक्षण समिति गठन गरिएको बताए ।‘यस बाजाको सुदूरपश्चिममा शुभ कार्यहरुमा प्रयोग हुँदै आएको छ’ समितिका सल्लाहकार समितिका सदस्य सेवाले भने ‘यस बाजाको संरक्ष्ँण गर्न कोहि नभएपछि हामीले यस बाजालाई संरक्षण गर्ने उद्देश्यले समिति गठन गरेका हौ ।’

सल्लाहकार समितिका सदस्य नागरीले राष्ट्रिय बाजाका रुपमा रहेको पञ्चेबाजा लोप हुने अवस्थामा पुगेकाले यसको संरक्षणका लागि समिति मार्फत काम गरिने बताए । यो बाजा धेरै ठाउँमा प्रयोग गरिने भएपनि यसको संंरक्षणका लागि कसैले पनि पहल गरेको देखिएन’ उनले भने ‘अब यस बाजा संगै बाजा बजाउँदा प्रयोग गरिने ड्रेस, टोपी, जुत्ता, झोलाको पनि संरक्षणका लागि बिभिन्न निकाय संग छलफल गर्ने छौं ।’ उनले आगामी दिनमा समिति सुदूरपश्चिमका सबै जिल्लामा बिस्तार गरेर बाजा संरक्षणका लागि काम गरिने बताए ।

प्रतिक्रिया दिनुस