एनएमबि बैंक लिमिटेडले आर्थिक वर्ष २०७७र७८ को दोश्रो त्रैमाससम्म १ अर्ब ६१ करोड नाफा कमाएको छ । दोस्रो त्रैमाससम्म बैंकको कुल निक्षेप १ खर्ब ४९ अर्ब र कर्जा सापट १ खर्ब ४४ अर्ब पुगेको छ । चालू आर्थिक वर्षको ६ महिनाभित्रमा निक्षेपमा १४ अर्ब ६१ करोड र कर्जा तथा सापटमा २१ अर्ब ८८ करोड रुपैयाँ बृद्धि गरेको छ ।
शेयरधनीहरुका लागि वितरणयोग्य नाफा १ अर्ब ५१ करोड रहेको छ । यस आर्थिक वर्षको पुस मसान्त सम्ममा बैंकको पूँजी कोष अनुपात १३।६८ प्रतिशत र निष्किृय कर्जाको अनुपात २।३८ प्रतिशत रहेको छ ।
प्रतिक्रिया दिनुस