बझाङको छविस पाथिभेरा गाउँपालिका वडा नम्बर ३ का अमृत सिंह हत्याको विरोधमा नेपाल तरुण दल गोदावरी नगर कार्य समितिले अत्तरियामा बिरोध प्रदर्शन गरेको छ। नेपाल तरुण दल छबिस पाथीभेरा गाउँपालिकाका सदस्य समेत रहेका सिहको सुनियोजित हत्या गरिएको भन्दै कडा कारवाहिको माग गर्दै विरोध प्रदर्शन गरिएको हो ।

गोदावरी नगर समितिले सिंहको नेकपाका कार्यकर्ताले हत्या गरेको भन्दै कडा भन्दा कडा कारवाहिको माग गर्दै अत्तरिया बजारमा बिरोध -याली निकालेका थिए। -यालीमा उनीहरुले ‘हत्यारालाई कारवाहि गर’, ‘अमृत सिंहलाई न्याय दे’, ‘केपी तेरो पाराले दुःख पाए साराले’, ‘छानबिन आयोग गठन गर’ लगायतका नारा लगाएका थिए।

बिरोध -याली पछि ईलाका प्रहरी कार्यालय मालाखेतीको अगाडी कोण सभाको आयोजना गरिएको थियो । कोण सभालाई सम्बोधन गर्दै नेपाल तरुण दल गोदावरी नगर कार्य समिति सभापती शंकर बहादुर खड्काले हत्यारालाई कारवाही र अमृत सिंहलाई सहिद घोषणाको माग गरे । उनले हत्यारालाई कडा भन्दा कडा कारवाहि नगरीए आगामी दिनमा अझै सशक्त आन्दोलनका कार्यक्रम गरिने बताए । आन्दोलनमा सहभागी नेविसंघ कैलालीका नेता डण्डिराज जोशीले अमृत सिहको हत्यारालाई कडा भन्दा कडा कारवाहिको माग गर्दै आफूहरु आन्दोलमा होमिएको बताए ।

प्रतिक्रिया दिनुस