भोली माघ १७ गते शनिबार मारुती सुजुकीका गाडी खरिदमा ३ लाखसम्मको नगद छुट पाइने भएको छ । नेपालका लागि सुजुकीको आधिकारिक विक्रेता सिजी मोटोकर्पले ‘सुपर स्याटरडे’ नामक कार्यक्रममार्फत नगद छुटको योजना ल्याएको हो । सुजुकीका कार किन्दा ग्राहकले आकर्षक छुट पाउने यो योजना नेपालभर संचालनमा रहेका सबै ३८ वटा डिलरमा शनिबार एक दिनका लागि मात्र रहेको कम्पनीले जनाएको छ ।

यो योजना अन्तर्गत सुपर क्यास डिस्काउन्ट २ लाखसम्म र वान डे स्पेशल डिस्काउन्टमा १ लाखसम्म नगद छुट, एक वर्षको निःशुल्क बीमा, आकर्षक एक्सचेन्ज बोनस र निःशुल्क स्वामित्व हस्तान्तरणको सुविधा रहेको छ । शुरुमा धेरै रकम जम्मा गर्न नसक्ने ग्राहकले यो योजना अन्तर्गत २० प्रतिशत डाउन पेमेन्टमा पनि खरिद गर्न सक्ने छन् ।

हाल नेपालमा सीजी मोटोकर्पले सुजुकीको अल्टो, एसप्रेसो, सेलेरियो, वागन आर, इग्निस, स्विफ्ट, बलेनो, डिजायर, सियाज, भिटारा ब्रेजा, एसक्रस, अर्टिगा, एक्सएल सिक्स्, इको भ्यान, इको कार्गो र सुपर क्यारी गरी १६ वटा मोडलको विक्री वितरण गर्दै आएको छ ।

प्रतिक्रिया दिनुस