कोरोना नियन्त्रण तथा रोकथामका लागि भीमदत्त नगरपालिकाले सीमा क्षेत्र गड्डाचौकीका स्थापना गरेको हेल्थडेस्कलाई स्वास्थ्य सामाग्री  सहयोग गरिएको छ । अन्र्तराष्ट्रिय प्रवासी संस्था(आईओएम)ले नेपाल भारत कञ्चनपुरको भीमदत्त नगरपालिका ११ गड्डाचौकीमामा स्थाना गरिएको हेल्थडेस्कलाई स्वास्थ्य सामाग्री सहयोग गरेको हो ।

नेपाल भारतको पश्चिम नेपालको मुख्य प्रवेसद्वार गड्डाचौकीमा गत फागुनमा भीमदत्त नगरपालिकाले हेल्थडेस्क स्थापना गरेर भारतबाट आउने नेपालीको स्वास्थ्य परीक्षण गर्दै आएको थियो । अन्र्तराष्ट्रिय प्रवासी संस्था(आईओएम)ले हेल्थ डेस्कको भौतिक संरचना सुधारका लागि आवश्यक स्वास्थ्य सुरक्षा समाग्री दिएको भीमदत्त नगरपालिका स्वास्थ्य शाखा प्रमुख नरेन्द्र राज जोशीले बताए । स्वास्थ्य शाखा प्रमुख जोशीले मास्कदेखि हेण्डबास मेसिनसम्म दिएको बताए ।

स्वास्थ्य शाखा प्रमुख जोशीका अनुसार हेल्थडेस्क स्थापनाका साथै मास्क, सेनिटाईजर लगायतका दर्जनौँ उपकरण दिएको बताए । ‘हेल्थडेस्कमा चार बेड समेत रहेका छन, ‘भारतबाट फर्किने कुनै नेपाली संक्र्रमित भई फर्किर आए उपचार समेत गछौँ ।’ भीमदत्त नगरका प्रमुख सुरेन्द्र विष्टलार्ई स्वास्थ्य समाग्री हस्तानन्तरण गर्दै अन्र्तराष्ट्रिय प्रवासी संस्था(आईओएम)का प्रमुख डा. भासिङ्ग सिहले विश्वप्यापी रुपमा फैलिएको कोरोना रोकथामका लागि सबै समुदाय जिम्मेबार हुनुपर्नेमा जोडदिए ।

प्रतिक्रिया दिनुस