प्रधानमन्त्री कप राष्ट्रिय प्रतियोगिताको फाइनलमा टस जितेर सशस्त्र प्रहरी बलको एपीएफ क्लबले फिल्डिङ रोजेको छ । कीर्तिपुरस्थित विश्वविद्यालय क्रिकेट मैदानमा भइरहेको खेलमा अर्को विभागीय क्बल त्रिभुवन आर्मी क्लबविरुद्ध टस जितेर एपीएफले फिल्डिङ रोजेको हो।

टस हारेको आर्मी ब्याटिङ गर्दैछ । प्रतियोगिताको फाइनलमा आर्मीविरुद्ध एपीएफले एक खेलाडी परिवर्तन गरेको छ । सेमिफाइनलमा खेलेका सूर्य तामाङलाई आज एपीएफले किशोर महतोलाई स्थान दिएको छ । दुवै विभागीय टोली एकअर्काविरुद्ध जित हात पार्दै उपाधि जित्ने योजनामा छन् । आर्मी चौथो पटक फाइनल खेल्दैछ । पहिलो संस्करणको प्रधानमन्त्री कपमा नेपाल पुलिस क्लबसँग उपाधि बाडेको आर्मी यसपटक एक्लै उपाधि रक्षा गर्ने लक्ष्यमा छ ।

प्रधानमन्त्री कपको विजेता टोलीले १० लाख पाउनेछ भने उपविजेता टोलीले ५ लाख पाउनेछ । प्रतियोगिताको उत्कृष्ट खेलाडीले ५० हजार पाउनेछन् भने उत्कृष्ट बलर – व्याट्सम्यानले समान २५ हजार पाउनेछन् ।

प्रतिक्रिया दिनुस