फाइल।

दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर ६ को कार्यालयमा स्थानियले ताला बन्दी गरेका छन्। प्रधानमन्त्री रोजगार कार्यक्रममा उक्त वडाबाट कम नागरिकलाई छनौट गरिएको भन्दै स्थानियले माघ १३ गतेदेखि तालाबन्दी कार्यालयमा तालाबन्दी गरेका हुन्।

गाउँपालिकाको सबै वडा र टोलहरुबाट समान नागरिक प्रधानमन्त्री रोजगार कार्याक्रममा समावेश हुनुपर्ने लगायतका मागहरु उनिहरुले राखेका छन्। लेकम गाउँपालिकाको वडा नम्बर ६ बाट प्रधानमन्त्री रोजगार कार्याक्रममा समावेश हुनका लागि ३ सय ८३ जनाले आवेदन दिएकोमा १९ जना मात्रै छनोट भएका थिए। कार्यक्रममा समावेश हुनको लागि सबै विवरण भरेको भएपनि समावेश नगरिएकोले वडा कार्यालयमा तालाबन्दी गरेको स्थानीय हरी खत्रीले बताए।

प्रतिक्रिया दिनुस