१९ माघ–कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार पछि हत्याको घटना अझै सुल्झिएको छैन। वि.स. २०७५ साउन ११ गते बलात्कार पछि हत्या गरिएको अवस्थामा निर्मलाको शव भीमदत्तनगरपालिका –२ निम्बुखेडा स्थित उखु बारीमा फेला परेको थियो। निर्मलाको शव उखुबारीमा पानीमा फेला परेपछि अन्तै बलात्कार गरेर शव उखु बारीमा फालिएको आशङ्का गरिएको थियो। उनको बलात्कार होटेल ओपेरा, साथीको घरमा या अन्तै भन्ने आशङ्का अझै यथावत् नै छ।

यसै बिच महेन्द्रनगर स्थित होटेल ओपेरामा पनि निर्मलाका बलात्कारी बास बसेको, ओपेरा रेष्टरुममा ब्लड देखा परेको आरोप र सिसिटिभी फुटेज तुरुन्त हटाएपछि आशङ्काको सुई होटेल ओपेरा तिर पनि घुमेको थियो। निर्मलाको न्यायको माग राख्दै स्थानीयहरूले होटेल ओपेरामा अनुसन्धान केन्द्रित गरीनुपर्नै भन्दै होटेल घेराउ गरी वास्तविकता बाहिर ल्याइनुपर्ने माग राखेका थिए। उ सो त निर्मला साउन १० गते राति साथीको जन्मदिन मनाउन होटेल ओपेरा गएको परीवारीक पक्षले जानकारी दिएका छन्।

यसै बिच आइतबार होटेल ओपेराका प्रबन्धक प्रभात चन्दले प्रेस विज्ञप्ति जारी गर्दै निर्मलाको बलात्कार सँग होटेल ओपेराको दूर–दूर सम्म पनि कुनै सम्बन्ध नरहेको उल्लेख गरेका छन्।

विज्ञप्तिमा भनिएको छ,–‘ २०७५ साल श्रावण १० गते निर्मला पन्तको बलात्कार पछि हत्या प्रकरणको अहिले सम्म पनि अपराधीको पत्ता नलाग्नुमा आम नागरिकको चासो रहेको अवस्थामा बेला बेलामा कहीँ कतै दूर दूर सम्म पनि सम्बन्ध नरहेको होटेल ओपेरा प्रा.लि.को नाम जोडिन आएको र नेपाल प्रहरीका अनुसन्धानकर्ताहरुले सबै प्रकारको अध्ययन गरी सकेको र होटेल ओपेरा प्रा।लि।ले अनुसन्धानकर्ताहरूलाई पूर्ण रूपमा सहयोग गरेको र अझैँ पनि कुनै कमी कमजोरी भए फेरी पनि अनुसन्धानमा सहयोग गर्न तयार रहेको छ । सामाजिक सञ्जालहरूमा प्रत्यक्ष दर्सी जस्तो रूपमा यस होटेल ओपेरा प्रा.लि. मा नभएका कोठाको सङ्केत गरी प्रचारमा आएकोमा होटेल को मर्यादामा आँच आउनुका साथै व्यापारमा समेत असर पर्ने हुँदा यस विषयमा चाँडो भन्दा चाँडो प्रहरीले अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याउन होटेल ओपेरा प्रा.लि. सहयोगीको भूमिका निर्वाह गर्ने विश्वास दिलाउँछौँ।’

विज्ञप्तिमा अनुसन्धानकर्ताहरूलाई पूर्ण रूपमा सहयोग गरिएको र अझैँ पनि कुनै कमी कमजोरी भए फेरी पनि अनुसन्धानमा सहयोग गर्न तयार रहेको छ उल्लेख गरिएको छ।

कहाँ भयो त बलात्कार ?

निर्मला पन्तको शव निम्बुखेडा स्थित उखुबारीमा पानीमा फेला परेको थियो। शव फेला परेको स्थानमा भरिएको पानीले बलात्कार र हत्या अन्तै भएको आशङ्का गरिएको छ। साथीको घरमा किताब पढ्न भन्दै निस्केकी निर्मलाको दोस्रो दिन बिहान उखुबारीमा मृत शरीर फेला परेको थियो।

उनको बलात्कार पछि हत्यामा साथीका दिदीको संलग्नता पनि त थिएन भन्ने आशङ्का पनि गरिएको थियो। तर उक्त आशङ्का माथि प्रहरीले अनुसन्धान अगाडी बढाए पनि कुनै ठोस सबुत फेला पार्न सकेन। निर्मलाको बलात्कार र हत्या प्रकरणमाथि प्रहरीको अनुसन्धान भने जारी नै रहेको छ। तर उक्त प्रकरण अझै पनि रहस्यमय नै बनेको छ।

प्रतिक्रिया दिनुस