भारतको व्यङ्गलोरमा सडक दुर्घटनामा परी कञ्चनपुरका किसन सिह बोहराको मृत्यु भएको छ। जिल्लाको भीमदत्तनगरपालिका –२ उल्टा खामका ३० वर्षीय बोहराको आइतबार सडक दुर्घटनामा परी मृत्यु भएको हो। सपरिवार सहित भारतको ब्यङ्लोरमा मजदुरी गर्न गएका बोहराले ट्रकको ठक्करबाट ज्यान गुमाएपछि उनका परिवारको बिचल्ली भएको छ।

उनका २ वर्षीय छोरा र श्रीमती साथमा रहेका छन्। ब्यङलोर पुगेकै दिन दुर्घटना हुँदा परिवारको बिचल्ली परेको उल्टा खाम घर भएका प्रवासी नेपाली हरिस जोशीले जानकारी दिए। भारतीय प्रहरीले ट्रक र चालकलाई नियन्त्रणमा लिएको छ। मृतकको परिवारलाई कानुनी सल्लाह र दाहसंस्कार तथा उद्धारका लागी उल्टा खामका युवाहरूद्वारा सञ्चालित (यु.के. ग्रुप) बाट सहयोग अभियानको थालनी गरिएको छ।
युके ग्रुपका सदस्य हरिस जोशीले ब्यङ्लोर देखी अभियान सञ्चालन गरेको बताए। अभियानमा सहयोग आइरहेको बताए। उनले थप सहयोगका लागी मोबाइल नम्बर ९६२७६०६४७६ मा सम्पर्क गरी सहयोग गर्न हुन अनुरोध गरे। सहयोगका लागी स्ट्रेट बैङ्क अफ इन्डिया खाता नम्बर. ३६९९७३३२३४७, ब्रान्च कोट १६३७१ मा सहयोग गरिदिन अनुरोध गरिएको छ।

प्रतिक्रिया दिनुस