भूमि सम्बन्धी समस्या समाधान आयोग कञ्चनपुरको अध्यक्षमा कमला कु बोहरा मनोनीत भएकी छन्। भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले माघ १५ गते मुलुकभर आयोगलाई पूर्णता दिएको हो। त्यस्तै सदस्यमा किशोर लिम्बु र सदस्यमा रमेश भट्ट मनोनीत भएका छन्।

कैलालीमा दीपक देवकोटा, बाजुरामा राम लाल कार्की , डडेल्धुरामा पदम राज जोशी, अछाममा कटक बहादुर साउद, दार्चुलामा राम दत्त जोशी, डोटीमा गणेश ब बिष्ट , बझाङमा कलक ब खड्का बैतडीमा नरेश कुमार विश्वकर्मा अध्यक्षमा मनोनीत भएका हुन्। सुदूरपश्चिमका ९ वटै जिल्लामा विज्ञ र सदस्य समेत सरकारले मनोनीत गरेको छ ।
मन्त्रिपरिषद्कै चैत ९ गते बसेको बैठकले देवीप्रसाद ज्ञवालीको अध्यक्षतामा आयोग गठन गरेको थियो। आयोगले ४ सय १ स्थानीय तहसँग सम्झौता गरी काम अगाडि बढाएको छ। भूमिहीनलाई जग्गा दिने दायित्वसाथ काम गरिरहेको आयोगका विज्ञ सदस्य जगतबहादुर देउजाले बताए। अध्यक्ष, विज्ञ र सदस्य गरी तीन सदस्यीय जिल्ला समिति गठन गरिएको उनले बताए। जिल्ला अध्यक्षले राजपत्रांकित प्रथम श्रेणी (सहसचिव) तलब–भत्ता पाउने व्यवस्था छ भने सदस्यले राजपत्रांकित द्वितीय श्रेणी उपसचिवसरह सुविधा पाउनेछन्।

प्रतिक्रिया दिनुस