आफूलाई श्वेता खड्कासहितले गालीगलौज र कुटपिट गरेको भन्दै अभिनेत्री सुष्मा कार्कीले प्रहरीमा उजुरी दिएकी छिन्। अभिनेत्री श्वेता खड्का, उनका पति विजयेन्द्र राउत, बहिनी आरती खड्का र पत्रकार उत्सव रसाइलीले कुटपिट गरेको भन्दै कार्की दरबारमार्ग प्रहरी समक्ष उजुरी लिएर पुगेकी हुन्।
नेपाल प्रेससँग कुरा गर्दै उनले आफूमाथि कुटपिट र दुर्व्यवहार भएकोले कारबाहीका लागि उजुरी लिएर आएको बताइन्। प्रहरीले छलफलका लागि श्वेतासहित आरोपित पक्षलाई पनि दरवारमार्ग बोलाएको छ। लन्डन पब क्याफेमा पुगेका बेला आफूमाथि कुटपिट भएको सुष्माको दावी छ।
आफूमाथि भएको दुर्व्यवहारको भिडियो समेत प्रहरीलाई सुष्माले बुझाएकी छन्। श्वेताले आफूलाई अपशब्द र गालीगलौज पनि गरेको र बहिनी आरतीले हात हालेको सुष्माले प्रहरीलाई बताएकी छन्। उनले प्रहरीमा दिएको जाहेरी अनुसार आफ्नो जन्मदिनको पार्टी आयोजना गर्न भेन्यु खोज्न जाने क्रममा लण्डन पबमा पुगेको र सोही क्रममा श्वेताको परिवार र उत्सव रसाइली झगडा गर्न आएको बताएकी छन्।