कैलालीको अत्तरियामा मापसे गरेका व्यक्तिले चलाएको साइकल र मोटरसाइकल एकआपसमा ठोक्किएका छन्। मंगलरबार साँझ अत्तरियास्थित पद्यमा अस्पताल नजिकै धनगढीबाट गइरहेको से २ प २३५२ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको साइकल ठोक्किदा दुई जना घाइते भएको प्रहरीले जनाएको हो।
प्रदेश ट्राफिक कार्यालय अत्तरियाकाअनुसार घाइते हुनेमा मोटरसाइकल चालक कञ्चनपुरको कृष्णपुर नगरपालिका–९ वालुवाफाँटा बस्ने अन्दाजी ४६ वर्षीय शंकर चौधरी र साइकल चालक गोदावरी नगरपालिका–२ बस्ने ५६ वर्षीय देवबहादुर साउद रहेका छन्। साउदको र हातमा चोट रहेका चौधरीको अवस्था मध्यम छ भने अर्का घाइते साउदको हातमा सामान्य चोट लागेको छ। उनीहरुको पद्यमा अस्पतालमा उपचार भइरहेको छ।
प्रतिक्रिया दिनुस