बाटो खन्ने क्रममा दार्चुलाको महाकाली नदीमा झरेको चट्टान हटाउने काम सुरु भएको छ। भारतीय पक्षले नदीमा खसेको चट्टान पन्छाउने काम गरीरहेको जिल्ला प्रशासन कार्यलय दार्चुलाले जनाएको हो।
भारतले नेपाली भूमि लिपुलेक हुँदै कैलाश मानसरोवर जोड्ने सडक निर्माणका क्रममा माल्मा क्षेत्रमा चट्टान खसेको थियो। पहिरो खसेको ठाउँ दार्चुलाको ब्यास गाउँपालिकाको वडा नम्बर २ मा पर्छ। महाकाली नदी थुनिएपछि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले नदी आसपासका क्षेत्रमा सतर्कता अपनाउन अनुरोध गरेको थियो।
सतर्कताका लागि जिल्ला प्रशासन कार्यलय कन्चनपुरले अनुरोध गरेसँगै नजिकको प्रहरी चौकी र सशस्त्र प्रहरीको टोली चट्टान झरेको ठाउँमा पुगेर फर्किएको छ। टोलीले चट्टानका कारण धेरै जोखिम भने नरहेको जनाएको छ।
प्रतिक्रिया दिनुस