नेपाल कम्युनिष्ट पार्टीको दाहाल–नेपाल पक्षले बिहीबारका लागि आम हड्ताल घोषणा गरेका छन् । पार्टी कार्यालय पेरिसडाँडामा बुधबार दिउँसो आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेतृ पम्फा भुसालले नयाँ बाध्यतात्मक परिस्थितिका कारण संघर्षका नयाँ कार्यक्रम घोषणा गर्नुपरेको बताइन्।
संवैधानिक निकायका पदाधिकारीलई सपथ खुवाएसँगै दाहाल–नेपाल पक्ष आक्रामक बनेको हो । नेतृ भुसालका अनुसार बिहीबार अस्पताल, प्रेस, पानी, दूध, एम्बुलेन्स र परीक्षाबाहेक सबै कुरा बन्द गरिने भएको छ ।
यसअघि नै दाहाल–नेपाल पक्षले आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो, तर त्यसमा आमहड्तालको कार्यक्रम भने थिएन । नयाँ घटनाक्रमका कारण नयाँ कार्यक्रम थपिएको हो ।
प्रतिक्रिया दिनुस