नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड माधव समूहले गरेको आमहड्ताल उग्र बन्दै गएको छ। महेन्द्रनगर स्थित भाषीमा प्रचण्ड माधव समूहका नेताकार्यकर्ताले टायर बालेर बिरोध प्रर्दशन गर्न खोजेपछि कञ्चनपुर प्रहरीले तुरुन्त एक्सन लिदै आगो नियन्त्रणमा लिएको हो।

No description available.

विहिबार विहानैदेखि कञ्नपुरमा अत्यावश्यक सेवा क्षेत्रका सवारी साधन बाहेक सार्वजनिक यातायातका साधन ठप्प प्रायः बनेका छन्। छिटफुटरुपमा मोटरसाइकल र निजी सवारी साधनहरु सञ्चालन भएका छन् । चारपाङग्रे सवारी साधनभन्दा बढी दुई पाङग्रे सवारी साधन सञ्चालन भएका छन्। खाद्यान्न लगायतका बजार पसल आंशिक खुलेका छन्। बन्द आव्हानकर्ताहरुले बिहानैदेखि चोक चोकमा बसेर बन्द सफल बनाउन प्रदर्शन गर्दै आएका छन्। यसै बिच आज साँझ ६ बजेपछि आमहड्ताल फिर्ता हुने जनाइएको छ।

प्रतिक्रिया दिनुस