कैलालीमा सुनका गरगहनासहित झण्डै साढे ३ लाख बराबरको चोरी भएको छ। जिल्लाको उप–महानगरपालिकाको शिव नगरका स्थानीय यशोदा बमको घरबाट गरगहनासहित मंगलबार राति चोरी भएको हो। घरमा कोही नभएको मौका छोपेर चोरले सुनका मुन्द्रा, तिलहरी, सिग्री, टप, औँठी, चाँदीका सिक्का, तामाको भाँडाकुँडा र घडी गरि करिब साढे ३ लाख बराबरको गरगहना चोरी गरेको उनका बुवा घनबहादुर बमले बताए।
चोरले लगेका नागरिकता लगायतका कागजात भने शिवनगर नालामा फेला परको उनले बताए। चोरीको घटनाको अनुसन्धानका लागि प्रहरीले निवेदन दिएको बताइएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले सो विषयमा अनुसन्धान भइरहेको बताए। चोरीमा संलग्नलाई कारवाहीको दायरामा ल्याउने उनले जनाए।
प्रतिक्रिया दिनुस