फाइल।

बैतडीमा टिप्पर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । जिल्लाको पञ्चेश्वर गाउँपालिका ३ मड भन्ने स्थानमा आइतबार बिहान सवा ९ बजेतिर सु प्र प ०१००१ क १५८४ नम्बरको ढुंगा बोकेको टिप्पर दुर्घटनामा परेको हो । टिप्पर दुर्घटना हुँदा चालक शिवनाथ गाउँपालिका २ का ३९ बर्षीय हिक्मत साउँदको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक एवं प्रवक्ता जनकबहादुर धामीले जानकारी दिए।

सडकबाट खसेको टिप्पर भीरमा रुखको आडमा अड्किएको छ भने मृतकका शव निकालिएको उनले बताए।

प्रतिक्रिया दिनुस