भारतको उत्तराखण्डमा हिमताल बिष्फोट भएको छ । आइतबार बिहान भएको बिष्फोटका कारण कम्तीमा डेढ सयले ज्यान गुमाएको हुनसक्ने उत्तराखण्डका मुख्य सचिव ओम प्रकाशले बताएका छन् । अचानक भएको विष्फोटले कसैलाई सूचित हुन समेत जानकारी नभएको बताइएको छ ।

हिमताल विष्फोट हुँदा रैणी गाउँमा रहेको ऋषि गङ्गा तपोवन हाइड्रो प्रोजेक्टको बाँध पनि भत्किएको छ ।हिमताल बिष्फोटपछि बाढीको जोखिममा पौरी, टिहरी, रुद्रप्रयाग, हरिद्वार र देहरादुनलगायतका जिल्लाहरू रहेको बताइएको छ । अहिले त्यहाँको अलकभन्दा नदीमा पानिको बहाव सामान्य भन्दा १ मिटर बढी रहेको र बिस्तारै घट्दो क्रममा भएको बताइएको छ

।यो हिमताल बिष्फोटले नेपालतर्फको महाकाली नदिमा भने कुनै असर नपर्ने जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट जोशीले नेपाली भूभागभन्दा टाढा भएका कारण नेपालतर्फ भने कुनै असर नपर्ने बताएकी हुन् ।

प्रतिक्रिया दिनुस