कञ्चनपुरको लालझाडी गाँउपालिका ६ चाँन्देवमा वर्थिङ्ग सेन्टर स्थापना गरिएको छ। आइतबार एक कार्यक्रमका विच वर्थिङ्ग सेन्टरको स्थापना गरिएको हो । लालझाडी गाँउपालिका प्रमुख मदनसेन बडायकले एक कार्यक्रमका विच वर्थिङ्ग सेन्टरको उद्घाटन गर्दै सुत्केरी महिलाको समस्या मध्य नजर गर्दै चाँन्देवमा बर्थिङ्ग सेन्टर स्थापना गरिएको बताए। कार्यक्तमका प्रमुख अतिथि समेत रहेका गाँउपालिका प्रमुख बडायकले चालु आर्थिक बर्षभित्रै सो वर्थिङ्ग सेन्टरमा एक एम्बुलेन्स संचालन गर्ने घोषणा गरे ।

‘लालझाडीका ३ र ४ बाहेक वडाहरु बाहेक वर्थिङ्ग सेन्टर स्थापना गरियो, ‘गाँउपालिका प्रमुख बडायतले भने, ‘अबै वडाहरुबाट स्वास्थ्य सेवा विस्तार गछौँ ।’ बिशिष्ठ अतिथि समेत रहेकी लालझाडी गाँउपालिका उप प्रमुख सत्यादेव महराले बर्थिङ्ग सेन्टर स्थापनासंगै सुत्केरी महिलाका समस्या समाधानमा जोडदिईन्। लालझाडी गाँउपालिका ६का वडाध्यक्ष फुलाराम चौधरीले २४सै घण्टा स्वास्थ्य सेवा प्रदान गर्ने उदेश्यले आधारभूत स्वाथ्य केन्द्रको स्थापना गरिएको बताए। वडामै आधारभूत स्वाथ्य केन्द्रको स्थापनासंगै सो क्षेत्रका महिला लाभान्वित हुनेछन।

प्रतिक्रिया दिनुस