बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कार पछि हत्या घटनाको न्यायको माग राख्दै अनेम संघ क्रान्तिकारीले बैतडीमा विरोध प्रदर्शन गर्दे कोणसभाको आयोजना गरेको छ। अखिल नेपाल महिला संघ क्रान्तिकारीका सेती महाकाली संयोजक पूर्णिमा धामिले भागरथीका बलात्कारी, हत्यारा छिटो सार्वजनिक गरिनुपर्ने माग गरिन्।

No description available.

उनले महिला, बालबालिकामाथि निरन्तर भइरहेका बलात्कारका घटनामा सरकार संवेदनशील बन्नुपर्नेमा जोड दिइन्। किशोरी भट्टको लबलेक जङ्गलमा बलात्कार पछि हत्या गरिएको अवस्थामा शव फेला परेको थियो। ५ दिन बितिसक्दा समेत प्रहरीले अझै हत्यारा सार्वजनिक गर्न नसकेको भन्दै उनले आपत्ति जनाइन्। महिला दिदी बैनीहरूलाई एकीकृत जनक्रान्तिको बाटोमा अघि बढ्दै एक ढिक्का भई गोलबन्द हुन उनले आह्वान समेत गरिन्।

अनेम संघ क्रान्तिकारी बैतडीले आयोजना गरेको विरोध र्यालि सहित कोणसभालाई लाई सम्बोधन गर्दे जिल्ला सचिव लक्ष्मणले बलत्कारीहरुलाई छिटो सार्वजनिक नगरे थप सङ्घर्ष का कार्यक्रमहरू गर्ने चेतावनी दिए। उनले निष्पक्ष ढङ्गले छानबिन गरी बलात्कारीलाई सार्वजनिक गर्न सुरक्षा निकायहरूलाई आह्वान गरे। पार्टी एरिया इन्चार्ज कमरेड आजादले कोणसभा समापन गर्दे भागरथीका हत्यारालाई शीघ्र सार्वजनिक गरी कारबाही गरीर्नुपर्ने माग राखे । उनले हत्या सार्वजनिक नगरिए कडा आन्दोलनमा उत्रिने चेतावनी समेत दिए।

प्रतिक्रिया दिनुस