कञ्चनपुरमा मोटरसाइकलले ठक्कर दिँदा एक जना पैदल यात्रीको मृत्यु भएको छ। जिल्लाको पुनर्वास नगरपालिकामा गए राति मोटरसाइकलले ठक्कर दिँदा पैदल यात्री वडा नम्बर २ अरनिको बस्तीस्थित कच्ची सडक खण्डमा सोही स्थानकी ५२ वर्षीया पोदे जोङ तामाङको मृत्यु भएको छ।
से ४ प ५५४६ नम्बरको सन्जे सुनारले चलाएको मोटरसाइकले ठक्कर दिँदा तामाङको उपचारका क्रममा धनगढीस्थित माया मेट्रो अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमर थापा क्षेत्रीले जानकारी दिए। मृतकको शव सेती प्रादेशिक अस्पताल धनगढीमा राखिएको छ। भने मोटरसाइकल चालक सुनार नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुस