बैतडीमा गोली प्रहार गरेर आफ्नै छोरीको हत्या गर्ने व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ। माघ २४ गते आफ्नै विवाहित छोरीलाई गोली प्रहार गरि हत्या गर्ने जिल्लाको पुर्चाैडी नगरपालिका–१० का धनसिह महरालाई नियन्त्रणमा लिएको हो। बैतडीका प्रहरी नायव उपरीक्षक नारायण प्रसाद अधिकारीले महरालाई नियन्त्रणमा लिएको जानकारी दिए।
माघ २४ गते साँझ भरुवा बन्दुकको गोली प्रहार गरेर २० वर्षीया विवाहित छोरी बेलमती महराको हत्या गरेका थिए। महराले श्रीमतीसँग भएको विवादका क्रममा माइतीघरमा आएकी छोरीमाथि गोली चलाएका थिए। छोरीको हत्या गरी महरा बन्दुक लिएर फरार भएका थिए। उनलाई मंगलवार विहान ९ बजे वडा नम्बर ८ मल्लेख बाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
महरालाई नियन्त्रणमा लिइ कतव्र्य ज्यान, हातहतियार खरखजनाको मुद्धा दर्ता अगाडी बढाइएको प्रहरीले जनाएको छ। महराका २ श्रीमती छन्। कान्छी श्रीमती सँग विवाद भएको थियो। आफ्नी आमाको पक्ष लिएपछि मृतक बेलमतीमाथि महराले गोली प्रहार गरेको बताइएको छ।