नेपाल भारत सीमामा रहेको महाकाली नदीको जलस्तर एक्कासी बढेको छ। मंगलबार बिहान नदीको जलस्तर एक्कासी बढेको हो। भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगंगा जलविद्युत् परियोजनाको बाँध खोलीएपछि नदीको जलस्तर बढेको हो।
यसअघि नै जिल्ला प्रशासन कार्यालय दार्चुलाल माघ २५ गते बेलुकी ७ बजे देखि अगामी फागुन २५ गते बेलुकी ७ बजे सम्म बाध खोलिने जनाएको थियो। बाध खोलीदा महाकाली नदीमा जलस्तर बढ्ने भएकोले सतर्क रहन प्रशासनले आग्रह गरेको थियो ।
प्रतिक्रिया दिनुस