पछिल्लो २४ घण्टामा देशभर एक सय ३४ जनालाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ। तीन हजार पाँच सय ६७ जनाको पीसीआर परीक्षण भएकोमा एक सय ३४ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको हो। बुधवार थपिएकामध्ये काठमाण्डौ उपत्यकाका ६५ जना रहेका छन् ।

योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या दुई लाख ७२ हजार तीन सय ४९ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा एक सय १८ जनासहित अहिलेसम्म दुई लाख ६८ हजार पाँच सय ४९ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । अहिले एक हजार सात सय ५३ जना सक्रिय सङ्क्रमित छन् । पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाका कारण कसैको पनि ज्यान गएको छैन । अहिलेसम्म दुई हजार ४७ सङ्क्रमितको ज्यान गएको छ ।

प्रतिक्रिया दिनुस