पूर्वसांसद गङ्गादत्त जोशीको आज बिहान हृदयाघातका कारण ८४ वर्षका उमेरमा निधन भएको छ । केही दिनअघि आँखाको शल्यक्रिया गरेका नेपाली कांग्रेस कञ्चनपुरका पूर्वसभापति जोशीको आज बिहान महेन्द्रनगरमा निधन भएको हो । घरबाट आँखाको थप उपचारका लागि नातिनीको स्कुटरमा चढेर गेटा आँखा अस्पताल जाने क्रममा उनलाई घरनजिकै हृदयाघात भएको कांग्रेस कञ्चनपुरका पार्टी सचिव ईश्वरीप्रसाद जोशीले जानकारी दिए ।
उनले भने, ‘उहाँलाई उपचारका लागि महाकाली अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको खबर छ ।’ राजनीतिमा सक्रिय जोशीले वृद्धावस्थामा पनि उच्च रक्तचापको औषधि खाइरहेको बुझिएको छ ।
प्रतिक्रिया दिनुस