
नेपालमा पछिल्लो २४ घण्टामा थप ८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ८१ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७२ हजार ४३० पुगेको छ ।
पछिल्लो २४ घण्टामा १११ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ६८ हजार ६६० जना संक्रमणमुक्त भएका छन् । आज कोरोनाबाट थप ५ जनाको मृत्यु भएको छ । अहिलेसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या दुई हजार ५२ पुगेको छ । नेपालमा हाल संक्रिय संक्रमितको संख्या १ हजार ७१८ रहेको छ ।
प्रतिक्रिया दिनुस