फाइल तस्वीर

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को ओली पक्षीय नेताहरूले कञ्चनपुरको सीमावर्ती क्षेत्रमा यातायात सञ्चालनको माग गरेका छन्। प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग प्रधानमन्त्रीनिवास बालुवाटारमा भएको भेटवार्तामा सो क्षेत्रका नेताहरूले भारततर्फ जान सहज हुने गरी सीमापार यातायात सञ्चालन गरिनुपर्ने माग गरेका हुन्।

नेताहरूले कञ्चनपुरमा प्रस्तावित औद्योगिक क्षेत्रको शिलान्यास तत्काल गर्नुपर्ने, महाकाली करीडोरका लागि बजेट लगायतका सबै तयारी भएपनि वातावरण प्रभाव मूल्यांकन प्रतिवेदनको कारण भइरहेको ढिलाई अन्त्य गरिनुपर्ने, भीमदत्त विमानस्थल तत्काल सञ्चालनमा ल्याउनुपर्ने र महकालीको तटबन्ध निर्माण तत्काल थाल्नुपर्ने मागसमेत राखेका छन्।

प्रतिक्रिया दिनुस