बैतडीको दोगडा केदार गाउँपालिका सिल्लेगाडा स्थित गंगामाइत ग्रोबल सडकमा विच्छाइएका ग्राभेल निकालिँदा आवतजावतमा असहज भएको छ। उक्त सडक ७ दिन भित्र मर्मत गरी सहज गरिदिन नेपाल कम्युनिस्ट पार्टीले अनुरोध गरेको छ।
शनिवार नेपाल कम्युनिस्ट पार्टी दोगडाकेदार गाउँपालिकाका इन्चार्ज आजादले प्रेस विज्ञप्ति जारी गर्दे रिमको गंगामाइत भन्ने ठाउँमा केही स्थानीयले सडक छेउमा भएका ढुङ्गा निकालिदिँदा आवतजावतमा समस्या भएको गुनासो बढेसँगै ७ दिन भित्र सडक मर्मत गरी सहज गरिन आग्रह गरेका छन्। विज्ञप्तिमा भनिएको छ,–‘‘सिल्लेगडा रिम डिलासैनी सडकको बिचमा पर्ने रिमको गंगामाइत भन्ने स्थानमा त्यहाँका केही स्थानीयले सडकको छेउमा ढुङ्गा निकालेर गाडी चलाउन एकदमै असहज भएको र गाडीचालकहरुले सडक अवरोध नगर्न पटक–पटक आग्रह गर्दा समेत नमानेको हुँदा हाम्रो पार्टीलाई जानकारी गराएको हुँदा नेपाल कम्युनिस्ट पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ। ‘त्यस कारण निज व्यक्तिहरूलाई फागुन १ गतेको मिति देखी ७ दिन भित्र सडकलाई सहज गरीदिनका लागी हाम्रो गाउँपालिका पार्टी हार्दिक अनुरोध गर्दछ।’’
No description available.
प्रतिक्रिया दिनुस