सुदूरपश्चिमाञ्चाल विश्वविद्यालयलको विज्ञान तथा प्रविधि सङ्कायले मध्यम सत्रको परीक्षा स्थगित गरेको छ। फागुन २ गते अर्थात् प्रणय दिवसको दिन बिहान ८ बजेदेखि परीक्षा लिइने गरी सूचना जारी गरेको सङ्कायले बिहान ९ बजेसम्म परीक्षार्थीहरूको हातमा प्रस्नपत्र थमाएर परीक्षा स्थगित गरेको पाइएको हो।

विज्ञान तथा सूचना प्रविधि विभागका दोस्रो, चौथो, छैठौ र आठौँ सेमिष्टरका विद्यार्थीहरूको मध्यम परीक्षा फागुन २ गते बिहान ८ बजे देखी ९:३० सम्म लिइने सूचना प्रकाशन गरेको थियो।

तर परीक्षा दिन विश्वविद्यालयमा उपस्थीत भएका विद्यार्थीहरूलाई बिहान साढे ८ बजे प्रश्न पत्र दिइयो। बिएसी सिएसआइटी दोस्रो सेमिष्टरका कविराज अवस्थीले भने,–‘ तोकिएको समयमा ढिलाइ गरी प्रश्न पत्र हातमा त दिए तर विभागीय प्रमुख आएर आज परीक्षा नहुने भो घर जाउँ भन्नुभयो।’ प्रश्न पत्र दिएर परीक्षा नलिइएपछि विद्यार्थीहरू मारमा परेका छन्। यसरी मनलाग्दी ढङ्गले विश्वविद्यालयले परीक्षा स्थगित गरिँदा भविश्वमाथी खेलवाड भइरहेको गुनासो उनले गरे।

No description available.

यता विज्ञान, सूचना प्रविधि संकायका विभागीय प्रमुख रमेश प्रसाद भट्टले स्थान अभावका कारण दोस्रो सेमिष्टरका परीक्षार्थीको परीक्षा स्थगित गर्नुपरेको बताए। उनले सोमबार देखी भने तोकिएकै समयमा परीक्षा लिइने बताए। उनले भने,–‘विज्ञान सङ्कायमा कोठा अभाव भइदियो, परीक्षा लिन सकिने अवस्था देखिएन।’ उनले थपे,–‘भोलि स्टोर रुममा भए पनि परीक्षा लिइन्छ।’

No description available.

प्रतिक्रिया दिनुस