बैतडीकी भागरथीलाई न्याय दिनुपर्ने भन्दै विद्यार्थी र अधिकारकर्मीहरुले घण्टी जुलुस प्रर्दशन गरेका छन्। भागरथीले अध्ययन गरेको विद्यालय सनातन धर्म मावि खोचलेकका विद्यार्थी, युवा र महिला अधिकारकर्मीले सोमबार जुलुस प्रर्दशन गरेको युवा अभियान्ता भुवन कार्कीले जानकारी दिए।

भागरथीका हत्यारा पहिचानमा ढिलाई हुँदै जाँदा हत्यारा उम्कन सक्ने भएकाले आफूहरुले सरकारका निकायलाई दबाब दिएका युवा अभियान्ता कार्कीले बताए। भागरथीका हत्यारा पत्ता लगाउन ढिलो गरेमा विद्यार्थी तथा युवाहरुले आत्मदाह गर्ने चेतावनी समेत दिएका छन्। भागरथीको बलात्कारपछि हत्या भएको १२ दिन बितिसक्दा समेत हत्यारा पत्ता लाग्न सकेका छैनन्। प्रहरीले हत्यारा चाँडै पत्ता लाग्ने दाबी गरिरहेको छ।

प्रतिक्रिया दिनुस