राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा सालिन्द्र यादवसहित विभिन्न ारागारमा रहेका १५ जना बन्दीको सजाय मिनाहा हुने भएको छ । प्रशासन कार्यालय र कारागार शाखाको सिफारिसमा असल बानीव्यहोरा भएका, कारागारको मापदण्ड पूरा गरेका कैदीको छुट दिने मापदण्डका आधारमा छुट दिने निर्णय गरिएको सरकारले जनाएको छ ।

विभिन्न कारागारमा रहेका उनीहरुलाई अदालतबाट भएको फैसला बमोजिम लागेको कैद, जरिवाना, सर्वस्वलगायतको सजाय माफी गरिएको हो । यस्तै ४०१ जना कैदीहरुको भुक्तान हुन बाँकी कैद कट्टा गरेर माफी मिनाहा हुने भएको छ । आजदेखि लागू हुने गरेर बिर्खहाङ लिम्बुसहितका ४१० कैदीको भुक्तान हुन बाँकी कैद कट्टा गरेर माफी मिनाहा गर्ने निर्णय भएको हो ।

प्रतिक्रिया दिनुस