प्रदेश २ का निवर्तमान प्रदेश प्रमुख तिलक परियारले आफूलाई दलित भएकै कारण पदमुक्त गरेको बताएका छन् । इकागजसँग संक्षिप्त कुराकानी गर्दै उनले भने, ‘मैले कुनै त्यस्तो नराम्रो कार्य गरेकै छैन । कुनै गुट उपगुटमा लागेको छ पनि छैन । साइलेन्ट नै छु । दलित कम्यूनिटीको भनेर हटाएकी क्या हो ।’राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषदको सिफारिसमा आज नै परियारलाई पदमुक्त गरेकी थिइन् ।
परियारलाई पदमुक्त गरेसँगै भण्डारीले राजेश झालाई प्रदेश २ को प्रदेश प्रमुख नियुक्त गरिसकेकी छन् ।
प्रतिक्रिया दिनुस