प्रधानमन्त्री केपी शर्मा ओली भोली कञ्चनपुर आउने भएका छन्। जिल्लाको बेतकोट स्थित दैजीछेला औद्योगिक क्षेत्रको शिलान्यास गर्न उनी सोमबार आउने भएका हुन्। प्रधानमन्त्री आउने भएपछि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट आजै धनगढी पुगिसकेका छन्। उनका अनुसार औद्योगिक क्षेत्रको प्रधानमन्त्रीले सोमबार शिलान्यास गर्नेछन्। उनले ९ अर्ब लगानीमा ५ वर्ष भित्र औद्योगिक क्षेत्र निर्माण सम्पन्न हुने जनाए।

शनिबार विराटनगरमा नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०ले आयोजना गरेको बृहत् जनसभामा बोल्दै उनले आफु कञ्चनपुरमा शिलान्यास गर्न आउने बताएका छन्। यसअघि पुस २४ गते नेकपा ओली सुदूरपश्चिम समूहले आयोजना गरेको जनसभाका लागि प्रधानमन्त्री ओली धनगढी पुगेका थिए। यस्तै प्रधानमन्त्री आउने भएपछि सजावट र व्यवस्थापन तिब्र पारीएको नगरपालिकाले जनाएको छ।

प्रतिक्रिया दिनुस