बेलौरी –९ कुण्डा स्थित बैजनाथ मध्यवर्ती सामुदायिक वनको कार्यालय भवन

महेन्द्रनगर ९, फागुन–कञ्चनपुरमा सामुदायिक वनको समिति गठनको माग सहित पूर्व पदाधिकारी माथिको मुद्दा शीघ्र फैसलाको माग गरिएको छ। गत बिहीबार बेलौरी नगरपालिका वडा नम्बर ९ का स्थानीयले बैजनाथ मध्यवर्ती सामुदायिक वनमा समिति गठन र मुद्दा फैसलाको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको कार्यालयलाई माग गरेका हुन्।

विं.स.२०७२ सालमा गोविन्द सिंह ऐर तत्कालीन अध्यक्ष सहित १४ जना वनका पदाधिकारीमाथि आदेश विपरीत काठ कटानी गरेको, चरम आर्थिक हिनामिना गरेको भन्दैशुक्लाफाँटा राष्ट्रिय निकुञ्जको कार्यालयमा मुद्दा दायर गरिएको थियो। तर ५ वर्ष बितिसक्दा समेत शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले कुनै फैसला नसुनाउँदा एकातिर सामुदायिक वनमा समिति गठन नहुँदा बन नास हुँदै गएको गुनासो गरिएको हो।

गत बिहीबार ज्येष्ठ नागरिक जनक बहादुर बिस्टको उपस्थितिमा दुवै पक्षका स्थानीयले मुद्धाको निकास निकाल्ने, एक महिना भित्र सामुदायिक वनमा समिति गठन गर्ने लगायतका सहमति गर्दे सहजता प्रदान गरिन भन्दै शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको कार्यालयमा माग पेस गरेका हुन्।

यस अघि तत्कालीन पदाधिकारी माथि मुद्दा चलेपछि उक्त सामुदायिक वन समिति विहीन बनेको छ। मुद्दा लागेकाहरूले समिति गठनमा बाधा उत्पन्न गर्न खोजेपछि समिति नै गठन नगरिँदा जङ्गल रित्तिदै गएको स्थानियले गुनासो गरेका छन्। यता शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख पुर्जा कुल मगरले बेलौरीका स्थानियले आज मात्रै निर्णयको प्रतिलिपी ल्याएका बताए। उनले यस विषयमा अध्ययन गरी छिटो भन्दा छिटो निकास निकालिने बताए।

उनले भने,–‘ सो ही मुद्धा अख्तियारमा पनि परेको छ, आदेश विपरीत रुखकटानी गरेको पाइएकाले यसलाई गम्भीरताका लिएका छौँ, चाडै समाधान निकालिने छ।’

प्रतिक्रिया दिनुस