नेकपा बाजुरा ओली समूह निकट राष्ट्रिय युवा संघ र अनेरास्ववियुका युवा विद्यार्थीले त्रिवेणी साना जलविद्युत केन्द्रमा तालाबन्दी गरेका छन्। मार्तडीमा सर्वसाधारण जनतालाई नियमित विद्युत सेवा उपभोग गर्न नदिएको भन्दै युवा संघ र अनेरास्ववीयुका विद्यार्थीले विद्युत कार्यालयमा तालाबन्दी गरेका हुन्।

तालाबन्दी गरेपछि त्रिवेणी साना जलविद्युत केन्द्रका कार्यालय प्रमुख दयाराम पण्डित र एकजना प्रहरी हवल्दार भित्रै थुनिएका छन्। आइतबार अनेरास्ववियु र युवा संघका युवाहरुले त्रिवेणी साना जलविद्युत केन्द्रमा तालावन्दी गर्दा कार्यालय बाहिर सुरक्षार्थ खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीहरु भने मुखदर्शक बनेका थिए।

यता त्रिवेणी साना जलविद्युत केन्द्रका कार्यालय प्रमुख दयाराम पण्डितले भने त्रिवेणीले पुरानो जीर्ण अवस्थामा रहेका पुराना मेसिनहको मर्मत गर्दै सदरमुकामबासीलाई विद्युत नियमित दिन लागिपरेको बताए। उनले आफूहरुसंग बिना वार्ता एक्कासी आएर कार्यालयमा तालाबन्दी र आफूमाथि हातपात गरेको आरोप लगाए।

प्रतिक्रिया दिनुस