धनगढीमा १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ। आइतबार दिउँसो १५ वर्षीया किशोरीलाई होटलमा लगी जबरजस्ती करणी गरेको आरोपमा केलालीको चुरे गाउँपालिका–४ बस्ने ४० बर्षीय नरेश देउवालाई प्रहरीले पक्राउ गरेको हो। देउवाले ती किशोरीलाई ललाई फकाई होटलमा लगी जबरजस्ती करणी गरेको आरोप छ।

उनलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले धनगढी उपमहानगरपालिका–४ बसपार्कबाट पक्राउ गरेको हो। थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुस