वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेले कञ्चनपुरमा रहेका आरक्षपीडितको समस्या समाधानका लागि पहल गरीने बताएका छन्। कञ्चनपुरमा शुक्लाफाँटा महोत्सवको उदघाटन गर्दै मन्त्री आलेले आयोग बनाएर गुमाइएका जग्गा जमिन फिर्ता गरीने बताएका हुन्।

‘कञ्चनपुरका आरक्षपीडितका समस्याका लागि अब धेरै कुर्नु पर्दैन, १९ वर्षदेखि तपाईंहरु आरक्षपीडित बन्नुभयो,’ आइतबार महोत्सव उद्घाटन कार्यक्रममा उनले भने, ‘अब १९ वर्ष होइन १९ दिन पनि कुर्नुपर्दैन, आयोग बनाएर तपाईंहरुले गुमाएको जग्गा जमिन फिर्ता गर्छौं।’ कञ्चनपुरका आरक्षपीडितको ०५८ सालदेखि अहिलेसम्म पनि उचित व्यवस्थापन हुन सकेको छैन।

यस्तै मन्त्री आलेले कञ्चनपुरमा महाकालीको पुल निर्माणमा देखिएको समस्या पनि समाधान हुने बताएका छन्। शुक्लाफाँटा महोत्सवको उदघाटन गर्दै मन्त्री आलेले अबको ६ महिना भित्र बाधा फुकाएर पुल निर्माण गरिने दाबी गरे।

ढुङ्गाका कारण निर्माणाधिन चार लेनको महाकाली पुलको काममा अवरोध सिर्जना भएको बताउँदै मन्त्रालयमा पेश भएको प्रतिवेदन स्वीकृत गरेपनि मन्त्रिपरिषद् बैठकले निर्णय गर्नुपर्ने आवश्यक रहेको उनले बताए।

प्रतिक्रिया दिनुस