प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना विरोधीहरुलाई प्रतिबन्धित नेकपासँग हुने भनिएको वार्ताको कुराले छटपटी भइरहेको बताएका छन्। पाँचौ इन्द्रदह पर्यटन महोत्सव आइतबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रतिबन्धित नेत्रविक्रम चन्द्र (विप्लव) समूहसँग सरकारले वार्ता गर्ने तयारी गरेसँगै कतिपयलाई छटपटि भएको टिप्पणी गरेका हुन्।

प्रधानमन्त्री ओलीले फरक राजनीतिक बाटोमा रहेका विप्लव समूहलाई वार्तामा ल्याएर शान्तिपूर्ण राजनीतितर्फ डोहो¥याउन आफूले पहल गरिरहेको बताए। उनले बैशाखमा कुनै पनि हालतमा निर्वाचन भएरै छाड्ने बताउँदै दुवै चरणको निर्वान गर्न सरकार तयार रहेको जिकिर गरे । प्रधानमन्त्री ओलीले बैशाख १७ गते ४० जिल्लामा र २७ गते अन्य जिल्लामा निर्वाचन हुने बताए । प्रधानमन्त्री ओलीले आफ्नो बारेमा कसैले राम्रो भनोस भनेर आफुले कार्य सम्पादन नगरेको बताउदै जनताको भलो गर्न कार्य सम्पदान गरिरहेको बताए ।

उनले दाहाल नेपाल पक्षलाई संकेत गर्दै सरकारलाई अवरोध गर्नेहरू पार्टीबाट बाहिरिएपछि मात्रै देश र जनताको पक्षमा उल्लेखनीय काम भइरहेको तर्क गरे ।

प्रतिक्रिया दिनुस