डडेल्धुरामा एक छात्रामाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले शिक्षकलाई पक्राउ गरेको छ। शनिवार गन्यापधुरा गाउँपालिका–४ कैलपालमाण्डौस्थित भुवनेश्वरी माध्यमिक विद्यालयमा अध्ययनरत सुस्त मनस्थिति भएकी एक बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा शिक्षक देवीलाल भट्टलाई प्रहरीले आइतबार पक्राउ गरेको हो।

भुवनेश्वरी माध्यमिक विद्यालयले फरक क्षमता भएका बालबालिकाहरूका लागि सञ्चालन गरेको विशेष कक्षामा अध्ययनरत डोटीको शिखर नगरपालिकाकी १० बर्षीया बालिकालाई सोही विद्यालयमा अध्यापन गराउँदै आएका शिक्षक भट्टले जबरजस्ती करणी गरेको उजुरीका आधारमा पक्राउ गरिएको डडेलधुराका प्रहरी प्रमुख डिएसपी महेन्द्र नेपालले जानकारी दिए।

सोही विद्यालयको माध्यमिक तहमा नेपाली विषयका शिक्षक भट्ट डोटीको आदर्श गाउँपालिका घर भई हाल कैलालीको गोदावरी नगरपालिका अत्तरिया बस्दै आएका छन्। पक्राउ गरिएका शिक्षक भट्टलाई थप अनुसन्धान गरेर कारबाही प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुस